×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी बस्ने ४२ वर्षीय अन्जन राज खड्का पक्राउ परेका हुन् ।

राम कला खरेलको जाहेरीले बैंकिङ कसुर मुद्दाका प्रतिवादी खड्कालाई उच्च अदालत पाटनले मिति २०८०/०१/२५ गते २ दिन कैद, ५ लाख बिगो जरिवाना र २० हजार क्षतिपुर्ति बापत पीडित राहतकोषमा जम्मा गर्ने  फैसला गरेको थियो ।

अदालतको उक्त फैसला पश्चात फरार रहेका खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ६ गते झरूवारासीबाट पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई फैसला कार्यन्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: