काठमाडौं । अवदेखि चितवनमा सिरक डसना बनाउन घरघर हिड्नेहरुले अनुमति लिनुपर्ने भएको छ । भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै अनुमति बिना सिरक, डसना निर्माण सम्बन्धि घुम्ती सेवा व्यवसाय गरे कारवाही गरिने बताएको हो ।
व्यवसाय दर्ता भएको घर, पसल, सटरमा मात्र व्यवसाय संचालन गर्न नगरपालिकाले सूचना प्रकाशित गर्दै कसैले अनुमतिबिना सिरक डसना घरघरमा बनाउँदै हिँडेको पाएमा कानुन बमोजिम कारवाही हुने जनाएको छ ।
महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले गृह मन्त्रालयको २०७८/७/३० गतेको च.नं १००७ पत्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०७८/७/२६ च.नं.१५१ र जिल्ला प्रशासन कार्यालय चितवनको २०७९/६/१३ को च.नं १५१२ पत्र अनुसार ढुवानी साधनमा मेसिन जडित घुम्ती सेवा रोक्न, नियन्त्रण गर्न निर्देशन जारी भए अनुसार महानगर भित्र अर्को सूचना जारी नभएसम्म सेवा दिन रोक लगाएको उल्लेख गरेका छन् ।
भदौ २७ गते महानगरले दर्ता नभई गाउँबस्ती, टोल तथा चोक चोकमा ब्यानर सहित चर्को आवाजमा माइकिङ गरी ट्रयाक्टर लगायतका ढुवानी साधनमा मेसिनजडानसहित घुम्ती सेवा मार्फत संचालन भएका सिरक डसना बनाउने सेवा संचालन नगर्न आग्रह गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्