काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुद्धारा प्रकाशित नयाँ ब्याजदर अनुसार ब्याजदर प्रकाशित गरेका १७ वाणिज्य बैंकहरुमध्ये सात वाणिज्य बैंकले असोजमा ब्याजदर बढाएका छन् । त्यस्तै, ६ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने चार वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् ।
असोज महिनामा नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएका हुन् । जसमध्ये सबैभन्दा धेरै ब्याज हिमालयन बैंकले १.०६४ प्रतिशतले बढाएको छ । त्यस्तै, सबैभन्दा धेरै ब्याज बढाउने दोस्रोमा एभरेष्ट बैंकले १.०५४ प्रतिशतले ब्याजदर बढाएको छ ।
त्यस्तै, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, सिटिजन्स र नेपाल बैंकले भने असोजमा ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेहरुमध्ये सबैभन्दा बढी नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ ।
यता प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने असोजमा पनि भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्