×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारी अभवाले इलाका प्रशासन कार्यालय बन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर्मचारी अभवाले इलाका प्रशासन कार्यालय बन्द

Artha Sarokar

२ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।

लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । कार्यालय बन्द हुँदा नागरिकले नागरिकता बनाउनसमेत पाएका छैनन् । कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरु समस्यामा परेको अदानचुली गाउँपालिका–२ तुम्च गाउँका भक्त कुलालले गुनासो गरेका छन् । भाइबुहारीको नागरिकता बनाउन नपाउँदा आफूहरूलाई समस्या भएको उनको भनाई रहेको छ ।

तुम्च गाउँबाट झन्डै ९ घण्टा हिँडेर सर्केगाड आइपुगेका सेवाग्राहीलाई कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको कुलालले बताए । कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ । तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको हो । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनु परेको गुनासो स्थानीयवासीको थियो । सदरमुकाम सिमकोट पुग्न दुई–तीन दिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम नहुने स्थानीयवासी दन्तराज कटुवालले बताएका छन् । उक्त कार्यालयका लागि गाउँपालिकाबाट सिफारिस ल्याएका उनले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भएकाले कार्यालयप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार कार्यालयका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि गत साउन १६ गते सकिएपछि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाका कार्यालय खटाइएको थियो । उनले भदौ १ देखि ७ गतेसम्म सर्केगार्ड बसेर छवटा नागरिकता बनाए जिल्ला फिर्ता भएपछि थप समस्या उत्पन्न भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी