काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरिपरि चंगा, ड्रोन र बेलुन उडायन प्रतिबन्ध लगाएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले विमानस्थल क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडानमा प्रतिबन्ध लगाएको हो ।
पछिल्ला दिन विमानस्थल क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाउने गरेको पाइएको र यसले विमानको उडान सुरक्षामा गम्भीर असर गर्ने भन्दै प्राधिकरणले विमानस्थल क्षेत्र वरिपरि चंगा, ड्रोन र बेलुन उडाउन रोक लगाएको हो । प्राधिकरणले सूचनामार्फत यसरी उडान सुरक्षामा असर गर्ने गरी चंगा, ड्रोन र बेलुन नउडाउन पनि आग्रह गरेको छ ।
यसका बाबजुत पनि कसैले अटेर गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाएको पाइए प्राधिकरणले कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।