×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीपी कोइराला भारत नेपाल फाउण्डेसन र नेपाल बौद्ध महासंघद्धारा दुई दिने चित्रकला प्रदर्शनी आयोजना 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बीपी कोइराला भारत नेपाल फाउण्डेसन र नेपाल बौद्ध महासंघद्धारा दुई दिने चित्रकला प्रदर्शनी आयोजना 

Artha Sarokar

३१ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बीपी कोइराला भारत–नेपाल फाउण्डेसन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौंमा सम्भोता–भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रुपमा गरेका हुन् ।

सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन् । दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशनी गरि सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए ।

त्यस्तै, राज्यमन्त्री प्रमिला कुमारीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरेकी छिन् । उनले नेपाल र भारतको लागी बौद्ध धर्म एक साझा धागो भएको बताइन् ।

भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको जाम्याङ दोर्जीले उल्लेख गरे । उनले नेपालमा शताब्दीयतादेखि पवित्र र महत्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताएका छन् । कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट तथा बौद्धधर्म अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । इच्छुक सबैका लागि यो प्रदर्शनी नेपाल कला परिषदमा १५ देखि १६ सेप्टेम्बर २०२३ सम्म खुला रहने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी