Skip to content
LAXMI SUNRISE BANK

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, कति जनाले पाए सेयर ?

अर्थ सरोकार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ भदौ २८ गते बाँडफाँट भएको छ । उक्त आइपीओमा गोलाप्रथामार्फत् ९ लाख जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

इन्स्योरेन्सको आइपीओमा कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाले आवेदन दिएकामा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलले जनाएको छ । योग्य १४ लाख ७ हजार २ सय ३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको थियो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर बिक्री गरिएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सिटिजन लाइफ इन्स्योरेन्सको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK