काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एसिया कप हेर्न श्रीलंका पुगेका नेपालीहरुले ३० करोड रुपैयाँ खर्च गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले यस्तो बताएका हुन् ।
सोमबार श्रीलंकामा भएको नेपाल र भारतबीचको खेलपछि मेयर शाहले फेसबुकमा लेख्दै क्रिकेट हेर्नकै लागि श्रीलंका पुगेका नेपालीहरुको खर्च मात्रै ३० करोड पुगेको बताएका छन् ।
‘श्रीलंकामा ४०(५० जना जति भारतीय समर्थक थिए भने नेपालीहरुको संख्या १५ सय देखि दुई हजारको बीचमा थियो । नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए ।’, बालेनले लेखेका छन्, ‘अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला ।’
त्यस्तै, बालेनले फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन पनि चकित परेको उल्लेख गरेका छन् । क्रिकेट हेर्नकै लागि संसारभरीका विभिन्न देशमा रहेको नेपालीहरु श्रीलंका पुगेपछि अध्यगमन विभागले ‘यति धेरै नेपालीहरु किन श्रीलंका आइरहेको छन् ?’ भन्दै प्रश्न गरेको मेयर शाहले बताएका छन् ।
योसँगै मेयर शाहले देशको खेल विकासका लागि सुविधासम्पन्न रंगशाला आवश्यक रहेको भन्दै सरकारले जग्गा उपलब्ध गराए रंगशाला निर्माणका महानगरले पहल गर्ने घोषणासमेत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्