काठमाडौं । अष्ट्रेलिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेका छिन् । भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं.४ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं २६ सामाखुशी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन् ।
उनले आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाईदिन्छु, त्यसको लागि २० लाख रुपैयाँ लाग्छ र अष्ट्रेलिया पुगेपछि होटलमा काम लगाईदिन्छु मासिक ३ लाख बढी तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारेर रकम ठगी गरेकी थिइन् ।
श्रेष्ठले पिडितबाट पटक पटक गरी ९ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएकी थिइन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भदौ २२ गते सामाखुशीबाट पक्राउ गरेको हो । पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्