×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थाई घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षिय सुधा चौधरी रहेकी छिन् ।

चौधरीले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिने प्रलोभनमा पारी दुई लाख ७२ हजार रुपैयाँ ठगी गरेकी हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले चौधरीको खोजतलास गर्ने क्रममा सिनामंगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी चौधरीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी