×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तान्जानीया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तान्जानीया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

३ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तान्जानीया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. ७ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने ४२ वर्षीय गणेश बहादुर सिंह पक्राउ परेका हुन् ।
उनले बुद्धिराम पुन मगरलाई वैदेशिक रोजगारीका लागि तान्जानीया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज २ गते सितापाइला चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी