×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलियाको नेसनल लिडरशीप फोरममा डा.दिनेश कोइराला सहभागी हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अष्ट्रेलियाको नेसनल लिडरशीप फोरममा डा.दिनेश कोइराला सहभागी हुने

Artha Sarokar

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बरिष्ठ बाल शल्य चिकित्सक डा.दिनेश कोइराला अष्ट्रेलियाको सुप्रसिद्ध नेसनल लिडरशीप फोरमको एक सम्मेलनमा सहभागी हुने भएका छन् । १४ देखि १७ सेप्टेम्बरमा अष्ट्रेलियाको पार्लियामेन्टमा संचालन हुन लागेको उक्त सम्मेलनमा डा. कोइराला नेपालको तर्फबाट ‘की नोट स्पिकर’ को रूपमा चुनिएका छन् ।

युवा नेतृत्व तथा विभिन्न क्षेत्रमा दख्खल राख्ने व्यक्तित्वहरूका लागि अष्ट्रेलियामा आयोजना हुने ठूला सम्मेलनहरूमध्ये यो सम्मेलन एक हो । विभिन्न क्षेत्रमा सक्रिय तथा नेतृत्वदायी भूमिका खेलेका व्यक्तित्वहरू लक्षित यो सम्मेलन लक्षित गरिन्छ । यस सम्मेलनमा अष्ट्रेलियाका पार्लामेन्टका सिनेटर, पार्लियामेन्ट फिडरल एमपी, ठूला व्यवसायीहरू तथा अन्य युवा नेताहरूसँग विभिन्न क्षेत्रमा छलफल गर्ने तथा अनुभव साटफेर समेत गरिनेछ ।

उक्त फोरमको कार्यकारी टिममा रहेका नेपाली व्यवसायी सागर लोहनीले यो वर्ष की नोट स्पिकिङमा डा। कोइरालाको नाम सिफारिस गरेका थिए । जसलाई सो फोरमको कार्यकारी समूहले कोइरालाले समाजलाई पुर्याएको योगदानको आधारमा उनलाई चुनेको हो । यस सम्मेलनमा सहभागी हुने नेपालबाट डा. कोइराला एक मात्रै व्यक्ति हुन् । चिकित्सकहरूमध्ये नेपालबाट अष्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने उनी पहिलो व्यक्ति हुनेछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा,कोइरालाको स्थाई घर पोखरा हो । बंगलादेशमा डा. कोइरालाले पिडिएट्रिक सर्जरीको ५ वर्षे कोर्ष अध्ययन गरेका छन् । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएस गरेका उनले बंगलादेशबाटै अमेरिकन युनिभर्सिटी अफ ढाकाबाट एमपिएच अध्ययन गरेका छन् । कोभिड महामारीको समयमा नेपालमा सबैभन्दा धेरै सर्जरी गर्नेमध्येका सर्जियनका रुपमा डा. कोइराला सम्मानित व्यक्ति हुन् ।

यस्तै २०७२ वैशाखको भूकम्पका समयमा धादिङ र सिन्धुपाल्चोकमा गई घाइतेहरूको उद्दार तथा उपचारमा सक्रिय उनलाई सरकारले राष्ट्र्रिय हिरोका रुपमा सम्मान समेत गरेको थियो । नेपालका दूर्गम गाउँहरूमा पुगी विभिन्न स्वास्थ्यसम्बन्धी शिविर गरि बिरामीहरूको उपचार गर्ने उनी अन्य प्राकृतिक प्रकोपका समयमा पनि धेरैको उद्दार तथा उपचारमा सक्रिय हुने चिकित्सक हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी