×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत सेवा अनियमित हुँदा रुकुम पश्चिमका उपभोक्ता हैरान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विद्युत सेवा अनियमित हुँदा रुकुम पश्चिमका उपभोक्ता हैरान

Artha Sarokar

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रुकुम पश्चिम क्षेत्रमा विद्युत सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो । ‘आउने जाने बत्तीका कारण हामी आजित भइसकेका छौँ’, स्थानीयवासी गणेश केसीले भने, ‘कहिले बत्ती आउने जाने हुन्छ त कहिले आउँदै आउदैन’, उनले भने ।

बत्तीका कारण कतिपय काम गर्न निकै गाह्रो हुने गरेको स्थानीय विजुलीका सामान व्यापारीको पनि गुनासो थियो । ‘विद्युतबाट हुने काम कति धेरै छन् । ती काम गर्न निकै गाह्रो छ । ग्राहक काम लिएर आएका हुन्छन् । बत्ती छैन भनेर पठाउनुपर्छ’, व्यापारी प्रेम खत्रीले भने ।

त्यस्तै, आउने जाने बिजुलीका कारण सरकारी कार्यालयलाई पनि सेवा दिन समस्या भएको छ । जिल्ला अस्पताल सल्ले, जिल्ला प्रशासन कार्यालयलगायत ठाउँमा विद्युत नहुँदा सेवा दिन मुस्किल भएको कार्यालयको भनाइ थियो ।

रुकुम पश्चिम र पूर्वका लागि सल्यानको शीतलपाटीदेखि धैरेनीचौर र जाजरकोटको कुदुदेखि धैरेनीचौरसम्म विद्युत आपूर्ति हुँदै आएको छ । अहिले त रुकुम पूर्वमा रहेको रुकुमगाडको विद्युत पनि सवस्टेसनमै जोडिएको छ । ३३/११ केभी र तीन एमभीए क्षमताको विद्युत सवस्टेसन तयार भएपछि जिल्लामा विद्युत अनियमितको समस्या कम हुन्छ भन्ने आसमा रहेका उपभोक्ता आउने जाने विद्युतका कारण हैरान भएका हुन् ।

धैरेनीचौरमा सवस्टेसन निर्माण नहुँदै यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत प्रवाह भइरहेको थियो । अहिले भने ३३ केभी क्षमताको विद्युत प्रवाह भएको भनिएको छ तर विद्युत आपूर्ति भने नियमित छैन ।

तेत्तीस केभी प्रसारणलाई सबस्टेसनभित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाइएको नेपाल विद्युत प्राधिकरण शेरीगाउँ वितरण केन्द्रले जनाएको छ । ‘यो बत्ती आउने र जाने भइरहने स्थानीयस्तरको समस्या होइन । जिल्लामा विद्युत लाइन बिग्रिए र सबस्टेसनमा केही समस्या आएमा हामीले तत्काल मर्मत गरेका छौँ ।’ केन्द्र प्रमुख शिवजिप्रसाद साहले भने ।

हापुरे सवस्टेसन र कुदु सवस्टेसनबाट नै बेला-बेलामा लाइन जाने गरेको उनको भनाइ थियो । आइपर्ने समस्या समाधान गर्दै आए पनि विद्युत आपूर्ति हुने ठाउँबाटै बत्ती नआएको प्रमुख साहले बताएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी