काठमाडौं । काडमाडौं महानगरपालिकाले सडकमा फोहार फाल्ने १६ जनालाई पक्राउ गरेको छ । बुधबार महानगरले काठमाडौंको कोटेश्वर चोकमा जथाभावी फोहोर फाल्ने १६ जनालाई नियन्त्रणमा लिएको हो ।
सडकमा जथाभावी फोहोर फाल्न ‘पोका’ बोकेर कोटेश्वर पुगेका १६ जनालाई नियन्त्रणमा लिएको महानगरले जनाएको छ ।
नियन्त्रणमा लिएकाहरुलाई महानगरले कार्वाही गरेर छोडेको छ । महानगर प्रहरी बलका अनुसार उनिहरुलाई ७२ हजार रुपैयाँ जरिवाना तिराइएको हो । ‘सडकमा फोहोर नफाल्न आग्रह गर्दागदै पनि फोहोका पोका बोकेर आउने १६ जनालाई नियन्त्रणमा लिएका हौँ ।’, महानगरका एक प्रहरीले भने, ‘अहिले जरिवाना तिराएर छोडेका छौँ ।’
त्यस्तै, महानगरले हरेक दिन ६ बजेपछि फोहार उठाउन महानगरको गाडी घरघरमा पुग्ने भएकाले सडकमा जथाभावी फोहोर नफाल्न आग्रहसमेत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्