×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवदेखि फूडमाण्डुमा पाँच सय भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क पनि घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अवदेखि फूडमाण्डुमा पाँच सय भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क पनि घट्यो

Artha Sarokar

९ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फूड डेलिभरी कम्पनी फूडमाण्डुले न्यूनतम पाँच सय रुपैयाँको अर्डर रकमको नीति हटाएको छ ।  ग्राहकहरुको सुझावलाई मध्यनजर गर्दै फूडमाण्डुले सो नीति परिवर्तन गरेको हो ।

साथै, फूडमाण्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ । अव ग्राहकहरुले पाँच सय भन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र ५० रुपैयाँको न्युनतम शुल्क लाग्नेछ । अव ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् ।

त्यस्तै, फूडमाण्डुले आफ्नो डेलिभरी शुल्कको नितीमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकहरुलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि पनि ५० रुपैयाँको न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अव १.५ किलोमिटरसम्मको दुरीका लागि २५ रुपैयाँ र सो भन्दा माथिको दुरीका लागि थप २५ रुपैयाँ प्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि, रु. १००० भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढिमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको छ ।

नयाँ नीतीबारे बोल्दै फूडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाको लागी हटाएका छौँ । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाईदा हुनेगरि केहि हेरफेर गरेका छौँ । आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताहरुको सुझाव र प्रतिकृयालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्ताहरुलाई अझै राम्रो सेवा प्रदान गर्नेछ ।’

सन् २०१०देखि संचालनमा आएको फूडमाण्डु नेपालको पहिलो फूड डेलिभरी कम्पनी हो । फूडमाण्डले हालसम्म ४ लाखभन्दा बढी ग्राहकहरुलाई ८ सयभन्दा बढी रेष्टुरेन्टहरुमार्फत काठमाडौं उपत्यका र पोखरामा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी