काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गरेका छन् । यादवमाथि बुधबार काठमाडौँमा आक्रमण हुँदा उनि घाइते भएका छन् ।
‘मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, यसलाई थामथुम पार्ने कोशिस हुँदैछ’, उनले भने।
सांसद थापाले यस घटनाबारे सरकारलाई सचेत गराउँदै घटना कसरी र किन भयो ? घटनाको सबै पक्षका बारेमा गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् । घटनासँग जोडिएका सबैपक्ष उजागर हुनुपर्ने उनको माग छ । ‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौँमा एक्लै हिँड्न नपाउने हो, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, हामी एक्लै हिँड्न हुने हो कि नहुने हो, जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो, हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौँ’, उनले भने।
महामन्त्री थापाले सहमहामन्त्री यादवले जेसुकै बोलेको भए पनि बोलेकै आधारमा कसैलाई पनि साङ्घातिक आक्रमण गर्न नपाइने थापाको भनाइ छ ।
त्यस्तै, थापाले कान्ति बाल अस्पतालमा उपचार गराउन नपाउँदा बालिकाको मृत्यु भएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्