×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकले ल्यायो नयाँ अफर, ग्राहकहरुले विदेशबाट पनि मोबाईल बैंकिङ सुचारु गर्न सक्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गरिमा विकास बैंकले ल्यायो नयाँ अफर, ग्राहकहरुले विदेशबाट पनि मोबाईल बैंकिङ सुचारु गर्न सक्ने

Artha Sarokar

११ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंकले आश्विन ११ गतेदेखी ग्राहकहरुलाई विदेशबाट पनि मोबाईल बैंकिङ सुचारु गर्न मिल्ने अफर ल्याएको छ । बैंकले  विदेशमा रहेका आफ्ना ग्राहकहरुका लागि  नेपालमा रहेको आफ्नो बैंक खाताको कारोबार विवरण हेर्न एवं स-साना कारोबार गर्न सहज हुनेगरी मोबाईल बैंकिङ अफर सुरु गरेको हो ।

बैंकले विदेशमा रहेका ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैंकिङ सेवालाई स्तरोन्नती गरेको हो । साथै, विदेशमा रहेर बैंकमार्फत मोबाईल बैंकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि मोबाईल बैंकिङ सेवा लिन सक्नेछन् ।

त्यस्तै, मोबाईल बैंकिङ सुविधा लिन चाहने ग्राहकहरुले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी गरिमा विकास बैंकको वेब बैंकिङ पनि सजिलै चलाउन सक्नेछन् ।  साथै, बैंकले फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकहरुको बैंकिङ विवरणहरु पिन, पासवर्ड, ओटिपि आदि माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैंकिङ विवरण अरुलाई सेयर नगर्न अनुरोधसमेत गरेको छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी