Skip to content
LAXMI SUNRISE BANK

आइतबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ५ सय ३५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९६ हजार ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK