काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
आइतबार प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९६ हजार ४ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५६ रुपैयाँ निर्धारण गरेको छ ।