काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ६ सय २५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९६ हजार १ सय ५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ निर्धारण गरेको छ ।