Skip to content
LAXMI SUNRISE BANK

मंगलबार स्थिर रह्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ५ सय ५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK