Skip to content
LAXMI SUNRISE BANK

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ३ सय ३५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार ८ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK