Skip to content
LAXMI SUNRISE BANK

मंगलबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९६ हजार ४ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ९ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK