काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ९ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ९ रुपैयाँ निर्धारण गरेको छ ।