काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार १ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ६ सय ६० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२ रुपैयाँ निर्धारण गरेको छ ।