Skip to content
LAXMI SUNRISE BANK

‘सीबीडीसीलाई चरणबद्ध रूपमा शुरू गरिनेछ’ : गभर्नर

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) लाई चरणबद्ध रुपमा सुरु गरिने बताएका छन् । ग्लोबल फिनटेक फेस्ट-२०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारी ‘यहाँ फिनटेक नवोन्मेषः अधिक नवोन्मेषी वित्तीय परिदृश्य मार्फत वित्तीय समावेशितालाई सशक्त गर्ने दिशामा नेपालको यात्रा’ विषयमाथि आयोजित विशेष सत्रअन्तर्गत सम्बोधनको क्रममा आफ्नो विचार राखेका थिए । सत्रको आयोजना मोहन टङ्कसाले, रणनीतिक परामर्शदाता, एसडब्ल्यूआईएफटी, इन्डिया डोमेस्टिक सर्भिसेजले गरेको थियो।

‘सीबीडीसीको शुरुवात विभिन्न हितधारकहरू जस्तै केन्द्रीय बैंक, सरकारी निकायहरू, वित्तीय संस्थान,बैंकहरु, तक्नीकि प्रदाताहरू साथै जन साधारणमाझ सहकार्य आवश्यक पर्ने एउटा संवेदनशील अनि बहुमुखी प्रक्रिया हो ।’ अधिकारीले भने ।

त्यस्तै, नेपाल सरकारले डिजिटलिकरणलाई आफ्नो प्राथमिकता दिएको छ र त्यसै अनुसार २०१९ मा आफ्नो डिजिटल नेपाल प्रारूप तयार गरेको अधिकारीले बताएका थिए ।  भारतको रूपे कार्डको हाराहारीमा नेपालको पे कार्ड जारी गर्ने प्रक्रिया चलिरहेको पनि अधिकारीले बताए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK