×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रिसले आर्थिक सुधारका लागि इयु कोषबाट ५५ अर्ब युरो सहयोग पाउने

PRIME CA
GLOBAL IME BANK

ग्रिसले आर्थिक सुधारका लागि इयु कोषबाट ५५ अर्ब युरो सहयोग पाउने

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ग्रिसले युरोपेली संघ (इयु) बाट करिव ५५ अर्ब युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । ग्रिसका अर्थमन्त्री निकोस पापथानासिसले ५५ अर्ब युरो आर्थिक सहयोग प्राप्त गर्नेबारे जानकारी दिएका हुन् ।

सोही अवसरमा सन् २०१४ देखि २०२० सम्मको राष्ट्रिय रणनीतिले ग्रिसको अर्थतन्त्र वृद्धिमा महत्वपूर्ण भुमिका खेलेको अर्थमन्त्री निकोसले बताएका छन् । सन् २०१९ देखि १०२३ सम्म आफूहरुले कोषलाई बढाएकोसमेत बताएका छन् ।

ग्रिसमा हालै भएको डढेलोका कारण ठूलो क्षति भएको थियो । त्यसपछि आर्थिक संकटको सामाना गरिरहेको ग्रिसले पछिल्लो समय निरन्तर अर्थतन्त्र सुधारमा प्रगति गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: