काठमाडौं । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध महिला सेयर सदस्यहरुका लागि एक दिवसीय नेतृत्व विकास तथा कानुनी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको महिला परिचालन उपसमितिको संयोजनमा सम्पन्न कार्यक्रममा १७७ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाटले महिला अधिकार, नेतृत्व विकास तथा समसामयिक कानुनी विषयमा सहजीकरण गरेकी थिइन् । त्यस्तै, प्रमुख अतिथि पूर्व संविधान सभा सदस्य गिता वाग्लेले महिलाहरु आफ्नो हक र अधिकारको लागि अगाडी बढनुपर्ने र सभ्य समाज निर्माणमा योगदान गर्नुपर्ने बताएकी थिइन् ।
विशिष्ट अतिथि संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले संस्थाले सदस्यहरुको लागि सिपमूलक तथा चेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताएका थिए । सो अवसरमा संस्थाका लेखा समिति संयोजक गोविन्द प्रसाद पौड्याल, सचिव शारदा शर्मा पौडेल, कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठ, संचालकहरु षडानन्द लामिछाने, होमनाथ सापकोटा, सन्देश पाठक, सूर्य बराल, प्रबन्धक नारायण प्रसाद सापकोटा लगायत विभिन्न समिति तथा उपसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा टाँडी सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य भवानी अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । महिला परिचालन उपसमिति सदस्य उर्मिला रेग्मी लामिछानेले सञ्चालन गरेको उक्त कार्यक्रम उपसमितिका संयोजक अनिता मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्