×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आर्थिक संकट सुधारमा श्रीलंकाको प्रगति प्रशंसनीय छ’- आईएमएफ

PRIME CA
GLOBAL IME BANK

‘आर्थिक संकट सुधारमा श्रीलंकाको प्रगति प्रशंसनीय छ’- आईएमएफ

११ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । श्रीलङ्काले कठिन तर अति आवश्यक सुधारहरू कार्यान्वयन गर्ने दिशामा प्रशंसनीय प्रगति गरेको छ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । श्रीलङ्काको सुधारहरू कार्यान्वयन गर्ने दिशामा गरिएका प्रयासहरूले प्रतिफल राम्रो दिइरहेको र अर्थव्यवस्था स्थिरीकरणको अस्थायी सङ्केतहरू देखा परिरहेको आईएमएफले बताएको हो ।

पिटर ब्रुएर र कात्सियारिना स्विरिड्जेन्काको नेतृत्वमा आएको आईएमएफ टोलीले विस्तारित कोष सुविधा व्यवस्था अन्तर्गत कार्यक्रमको पहिलो समीक्षाको अनुमोदनलाई समर्थन गर्न आर्थिक र वित्तीय नीतिहरूमा छलफल गर्न सेप्टेम्बर १४ देखि २७ सम्म कोलम्बोको भ्रमण गरेको थियो ।

छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरमा रहेको र यसबाट घटेर सेप्टेम्बर २०२३ मा दुई प्रतिशतभन्दा तल झरेको छ र यस वर्षको मार्च–जुनमा कूल अन्तर्राष्ट्रिय सञ्चिति १.५ अर्ब अमेरिकी डलरले बढेको छ । स्थिरीकरणको प्रारम्भिक सङ्केतका बावजुद, पूर्ण आर्थिक पुनरुत्थान अझै सुनिश्चित भएको छैन ।’

दोस्रो त्रैमासिकमा वास्तविक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.१ प्रतिशतले खुम्चिएको छ र उच्च आवृत्तिका आर्थिक सूचकहरूले मिश्रित सङ्केतहरू प्रदान गर्न जारी राखेका छन् । हालैका महिनाहरूमा सञ्चयमा कमी आएको ब्रुएरले बताएका छन् । ‘अर्थतन्त्रलाई दिगो पुनःरुत्थान, स्थिर र समावेशी आर्थिक वृद्धिको मार्गमा अघि बढाउन सुधारको गतिलाई निरन्तरता दिनु महत्वपूर्ण रहेको छ ।’, उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: