×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिरख्वा हाइड्रोपावरले ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ निष्काशन गर्ने, कहिलेबाट दिन पाइन्छ आवेदन ?

PRIME CA

चिरख्वा हाइड्रोपावरले ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ निष्काशन गर्ने, कहिलेबाट दिन पाइन्छ आवेदन ?

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले असोज २३ गते देखि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुकको लागि ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो । स्थानीले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो ।

उक्त आइपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिने जनाईएको छ । साथै, सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले सो सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: