Skip to content
LAXMI SUNRISE BANK

कित्ताकाट फुकुवापछि घरजग्गा कारोबार २० प्रतिशतले बढ्यो

अर्थ सरोकार

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खोलेसँगै पछिल्लो समय घरजग्गाको कारोबारमा वृद्धि भएको छ । वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट पछि हट्दै सरकारले जग्गाका कित्ताकाट खोलेसँगै घरजग्गाको कारोबारमा वृद्धि भएको हो ।

पछिल्लो साउन महिनायता ५८ हजार ४ सय ८७ कित्ता जग्गालाई कित्ताकाट गरेर १ लाख २७ हजार बनाइएको भूमी, व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणाले बढी हो । गत वर्ष १४ हजार ९ सय ७७ कित्ता जग्गा २७ हजार कित्ता कायम गरिएको थियो । यद्यपी अहिले जग्गाको खास कारोबार हुने समय नभएकाले पनि कित्ताकाट फुकुवाको असर देखिनसकेको विभागले जनाएको छ ।

यसो त सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबार २० प्रतिशतले बढेको विभागले जनाएको छ । गत मंसिरमा सरकारले वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था गरेपछि घरजग्गा कारोबारमा कमी आएको थियो ।

साउनयता घरजग्गा कारोबार र कित्ताकाट बढे पनि राजस्वमा प्रभाव भने कमै देखिएको छ । यद्यपी कात्तिकपछि कित्ताकाट र कारोबार दुवै बढ्ने व्यवसायीहरुले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK