×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापान पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जापान पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

२ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जापान पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला खोटाङ साकेला गाउँपालिका वडा नं. १ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २९ मैतीदेवी बस्ने ४५ वर्षीय राज कुमार गुरुङ पक्राउ परेका हुन् ।
उनले टेक प्रसाद गौतमलाई वैदेशिक रोजगारीका लागि जापान पठाईदिने र जापान पुगेपछि कुकमा काम लगाईदिने, मासिक १ लाख बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेर रकम ठगी गरेका थिए । गुरुङले पिडितबाट पटकपटक गरी २ लाख ७० हजार रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आसोज २ गते घट्टेकुलोबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी