×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडवाडको मुखमा जिराको भाउ दोब्बर भन्दा बढीले महंगियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चाडवाडको मुखमा जिराको भाउ दोब्बर भन्दा बढीले महंगियो

Artha Sarokar

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गर्दा जिराको मूल्य ह्वात्तै बढेको छ । अन्य समयमा पनि मसलाका रुपमा प्रयोग भए पनि चाडवाडमा अत्याधिक प्रयोग हुने जिराको मूल्य दोब्बर भन्दा बढीले महंगिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यसवर्ष सोही अवधिमा जिराको मूल्य १२७ प्रतिशतले महंगो भएको छ । हाल नेपाली बजारमा जिराको मूल्य प्रतिकिलो १२ सय ५० रुपैयाँ पुगेको छ । जब कि गत आर्थिक वर्षको माघसम्ममा जिराको मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँ रहेको थियो ।

पछिल्लो ७ महिनामा मात्रै जिराको मूल्य ३ पटक वृद्धि भएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार २०७९ माघमा ५ सय ५० रुपैयाँ रहेको जिराको मूल्य २०७९ चैतमा प्रतिकिलो ७ सय ५० रुपैयाँ पुगेको थियो । त्यसपछि २०८० बैशाखमा प्रतिकिलो ८ सय ५० रुपैयाँ पुगेको जिराको मूल्य अहिले भने १२ सय देखि १२ सय ५० रुपैयाँसम्म पुगेको छ ।

नेपालमा अधिकांश जिरा भारतबाट आयात हुने गरेको भए पनि पछिल्लो समय भारतमा जिराको उत्पादनमा कमी आएपछि नेपालमा जिरोको मूल्य वृद्धि भएको व्यापारीहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी