Skip to content
LAXMI SUNRISE BANK

सरकारद्धारा ४० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार प्रदान

अर्थ सरोकार

काठमाडौं । सरकारले ४० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार प्रदान गरेको छ । निजामति सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो ।

उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदरबारका सहसचिव बुद्ध बहादुर गुरूङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका उपसचिव कविन्द्र नेपाल लगायत १० जना छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने निर्णय गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK