काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षकहरुले काठमाडौं महानगरपालिकाको आदेशको अवज्ञा गरेका छन् । शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द नगर्न महानगरले जारी गरेको उर्दीको अवज्ञा गर्दै शिक्षकहरुले आन्दोलनमा सहभागी हुने निर्णय गरेका हुन् ।
बुधबार महानगरपालिकाभित्रका ८४ विद्यालयका प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले विद्यालय बन्द नगर्न महानगरले जारी गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेको एक विद्यालयका प्रधानाध्यापकले बताएका छन् । ती प्रधानध्यापकका अनुसार उनीहरुले शिक्षक आन्दोलनबाट पछि नहट्ने गरी लिखित रुपमा निर्णय गरेका हुन् ।
यसअघि काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएको थियो । तर, शिक्षकहरुले पनि महानगरको उक्त चेतावनीको अवज्ञा गरेका छन् । यता काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भने आन्दोलनका नाममा विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका छन् । ‘शिक्षकले स्कुल बन्द गरेर पठापाठनमा अवरोध नपुर्याउनुहोला । यस्ता अवरोध पुर्याउनेलाई कानुन (संविधान) अनुसार कारवाही हुन्छ ।’, बालेनले लेखेका छन् ।
बुधबारदेखि विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित सडक आन्दोलन थालेका छन् । आन्दोलनका क्रममा उनीहरुले अनिश्चितकालीन विद्यालय बन्दको घोषणासमेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्