काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंको फोहोर व्यवस्थापनमा चाँसो देखाएको छ । संघका अध्यक्ष विनोद कुँवरको पहलमा आधुनिक प्रविधिबाट काठमाडौँको फोहोर व्यवस्थापनबारे छलफल भएको हो ।
एनआरएनएका अध्यक्ष कुँवरसहितको टोलीले फोहोर व्यवस्थापनबारे सहरी विकास मन्त्रालयमा मन्त्री सिता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि छलफल गरेका छन् । छलफलमा विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण गरिएको थियो ।

त्यस्तै, छलफलको क्रममा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले विभिन्न किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गरेर कार्य अगाडि बढाउने बताएका थिए ।
यता, अध्यक्ष कुँवरसहित कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र प्रोडुसर जोङ होउसहितका प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन समेत गरेका छन् । उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पुँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिएका थिए ।
एनआरएनए र कोरियन कम्पनीले चाँसो देखाएपछि सिसडोलबासीले फोहोर व्यवस्थापन हुने अपेक्षा गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्