काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताएका छन् । बुधबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को अवसरमा नारायण चौरमा आयोजित ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रममा ओलीले राष्ट्रिय दिवसको रुपमा मनाइँदै गरेको संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको बताएका हुन् ।
‘जसरी राष्ट्रिय दिवसको रुपमा संविधान मनाइरहेका छौँ । यो सरकारी दिवस होइन, यो त सरकारको पनि दिवस हो ।’, उनले भने, ‘आज आम नेपाली जनताको दिवस हो । नेपालको उपलब्धि हो । नेपाली जनताको उपलब्धि हो । नेपालको भविष्यको गोरेटो हो यो संविधान ।’
ओलीले संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर मेची महाकाली देखि विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा गौरवको विषय भएको बताएका छन् ।
‘यो दिवस एउटा पार्टी विशेषको दिवस होइन । एउटा विचार, जाति, भूगोल, पेशा व्यवसाय विशेषको दिवस होइन यो त सम्पूर्ण नेपाली जनता मेची महाकाली देखि प्रवासमा जहाँ भएपनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो । साझा गौरवको साझा दिवस हो । सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो ।’, ओलीले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्