काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारवाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग गरेका छन् ।
सो पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्धघाटन सत्रलाई सम्बोधन गर्दै उनले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरेका हुन् ।
एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग राखेर अवरोध गर्दा संसद चल्न नदिइएको आरोप लगाइएको उल्लेख गर्दै उनले अहिले लामो समयसम्म संसद स्थगन हुनुले जनताका आवाज प्रस्तुत हुन नपाएको बताएका छन् । प्रमुख दलबीच सुन तस्करीको घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने सहमति भए पनि कार्यक्षेत्रमा विवाद कायम छ ।
सो अवसरमा उनले कार्यकर्तालाई आत्मकेन्द्रित नभई सबल राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित जनहितलाई सफलीभूत पार्ने सङ्कल्प लिएर अघि बढ्न निर्देशन दिएका हुन् । अधिवेशनले पार्टीका विरुद्ध भइरहेको षड्यन्त्र र घेराबन्दीको समीक्षासहित त्यसलाई तोड्दै आगामी २०८४ सालको निर्वाचनको सामना गर्न सक्ने परिपक्व नेतृत्व चयन गर्न सकोस् भन्ने शुभकामना दिएका थिए ।
शिक्षा, ज्ञान, विज्ञान र प्रविधिको सुरुवात भएको नेपाली भूमि आज पछाडि परेको मुलुकमा रहनु आफ्नो पार्टीका लागि स्वीकार्य नभएको भन्दै अध्यक्ष ओलीले मुलुकको पछ्यौटेपन र गरिबीलाई हटाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका थिए ।
उनले आफू सरकारमा हुँदा विप्लव र सिके राउतको समूहलाई शान्तिपूर्ण गतिविधिमा ल्याएको स्मरण गराएका थिए । त्यस्तै, अध्यक्ष ओलीले विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका प्रावधानमा शिक्षकका असन्तुष्टिलाई सम्बोधन गर्न सरकारसँग माग गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्