×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउछौँ’- कुलमान घिसिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउछौँ’- कुलमान घिसिङ

Artha Sarokar

२० भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक तयारी भइरहेको बताएका छन् ।बुधबार देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘देशैभरी कुनै पनि ठाउँमा अभाव नहुने गरी चार्जिङ स्टेसन बनाउने हिसाबले निजी क्षेत्रलाई ल्याउन नीति संशोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाई एकदमै सहज रुपमा आउनको लागि नीति संशोधन गर्दै छ ।’, उनले भने, ‘प्राइभेट सेक्टर यहाँ आउनुपर्छ । निजी क्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ ।’

त्यस्तै, घिसिङले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरेपनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिएका छन् । ‘हामीले दिनुपर्ने ट्रान्सफर्मरदेखि सप्लाईको साइटमा हामीले योगदान गरिरहेका छौँ ।’, घिसिङले भने, ‘निजी क्षेत्रले जमिनको व्यवस्था गरेर चार्जिङ स्टेसन राखे भने अरु कुराहरुमा विद्युत प्राधिकरणले सामग्री उपलब्ध गराउँछ । त्यो ठूलो कस्ट हो ।’

योसँगै घिसिङले ११ वटा चार्जिङ स्टेसन थप गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । बुधबार उद्घाटन गरिएका ५१ वटा चार्जिङ स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन गरी सञ्चालनमा आइसकेका छन् । बुधबार सरकार र साझेदारले औपचारिक रुपमा संयुक्त उद्घाटन गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी