काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउँन आवश्यक तयारी भइरहेको बताएका छन् ।
बुधबार देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्धघाटन गर्दै उनले निजी क्षेत्रको सहभागिताका लागि नीति नै सशोधनको तयारी भइरहेको बताएका थिए । उनले भने, ‘देशैभरि कुनैपनि ठाउँमा अभाव नहुने गरी बनाउने हिसावले निजी क्षेत्रलाई ल्याउन नीति शंसोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाई एकदमै सहज रुपमा आउनको लागि नीति संशोधन गर्दै छ । प्राइभेट सेक्टर यहाँ आउनुपर्छ । निजी क्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ।’
घिसिङले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरेपनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिएका थिए । उनले भने, ‘हामीले दिनुपर्ने ट्रान्सफर्मरदेखि सप्लाइको साइटमा हामीले योगदान गरिरहेका छौँ । निजी क्षेत्रले जमिनको व्यवस्था गरेर चार्जिङ स्टेसन राखे भने अरु कुराहरुमा विद्युत प्राधिकरणले सामग्री उपलब्ध गराउँछ । त्यो ठूलो कस्ट हो ।’
त्यस्तै, घिसिङले ११ वटा चार्जिङ स्टेसन थप गर्ने तयारी गरिरहेको जानकारी गराएका थिए । बुधबार उद्धघाटन गरिएका ५१ वटा चार्जिङ स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । चार्जिङ स्टेसनको सरकार र साझेदारले औपचारिक रुपमा संयुक्त उद्धघाटन गरेका हुन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्