काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलासले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
गुरुङविरुद्ध सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्धा चलाएको थियो ।
यता गुरुङसहित अन्य १७ जना धरौटीमा रिहा हुनेभएसँगै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले ‘अब ललिता निवास प्रकरण पनि स्वाहा भयो’ भन्दै व्यंग्य गरेका छन् । यद्यपी यो मुद्धा भने अझै सकिएको छैन । यसरी धरौटीमा रिहा गरेर पछि जेल सजाय भएका प्रशस्तै उदाहरणहरु छन् ।
यसो त जिल्ला अदालतले उक्त प्रकरणमा पक्राउ परेका केशव तुलाधारबाहेक सबै आरोपितलाई धरौटीमा छोड्न आदेश दिएको छ । अदालतको आदेशअनुसार सबै आरोपितलाई फरक–फरक धरौटी तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्