काठमाडौं । बालुवाटारस्थिति ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा एक जना कारागार चलान भएका छन् । अदालतको आदेशअनुसार धरौटी तिर्न नसकेपछि नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ कारागार चलान भएका हुन् ।
जिल्ला अदालत काठमाडौंका न्यायधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा छोड्न आदेश दिए पनि ७ लाख ५० रुपैयाँ धरौटी तिर्न नसकेपछि श्रेष्ठ कारागार चलान भएका हुन् । यद्यपी धरौटी जुटाएको खण्डमा उनी रिहा हुनेछन् । तर, धरौटी बुझाउन नसके उनी मुद्धाको अन्तिम फैसला नहुन्जेल कारागारमै रहनेछन् ।
श्रेष्ठबाहेक धरौटीमा छुट्ने आदेश पाएका बाँकी १६ जना भने अदालतले मागे अनुसारको धरौटी तिरेर रिहा भएका छन् । त्यस्तै, अदालतले पक्राउ परेका एक जनालाई भने साधारण तारेखमा छोड्न आदेश दिएको थयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्