काठमाडौं । ललितपुर महानगरपालिकाले लिफ्ट र शौचालयसहितको आधुनिक आकाशे पुल बनाउने भएको छ । महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अकाशेपुन बनाउने भएको हो ।
एक वर्षअघि उक्त क्षेत्रमा आकाशे पुल निर्माणका लागि महानगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गरेको अनुरोधका आधारमा मन्त्रालय अन्तर्गतको सडक विभागले पैदलयात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै उक्त क्षेत्रमा आधुनिक आकाशे पुल निर्माण हुने महानगरले जनाएको छ ।
महानगरका अनुसार उक्त पुल निर्माणका लागि छिट्टै टेण्डर आह्वान गरिनेछ । नयाँ बन्ने पुल पूर्ण रुपमा सुविधासम्पन्न र अपांगमैत्री हुने महानगरका मेयर चिरीबाबु महर्जनले बताएका छन् ।
मेयर महर्जनले ललिपुरको कुसुन्तीमा निर्माण हुने आकाशे पुल काठमाडौं उपत्यकाकै पहिलो र नमूना पुल हुने दाबी गरेका छन् । उक्त पुल निर्माणका लागि करिब ४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त पुल २ वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्