काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षको आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । हाल वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको बताएका हुन् ।
बज्राचार्यले असोज १९ गते ललितपुरमा हुने साधारणसभामार्फत चयन हुने नयाँ नेतृत्वमा अध्यक्षकारुपमा उम्मेद्वारी दिएको र जित निश्चित रहेको बताएका हुन् । संघको अध्यक्षमा निर्वाचित बनेपछि ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीको छाता संगठनका रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउने बजाचार्यको भनाई छ ।
‘देशको राजधानी उपत्यकाको उद्योग वाणिज्य संघलाई थप सुदृढ र बलियो बनाउने गरी काम गर्छु,’ बज्राचार्यले भने, ‘ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीले अनुभव गर्नेगरी काम हुन्छ ।’ यस्तै, जिल्लाभित्र रहेका ३० वस्तुगत संघलाई छुट्टै पहिचान दिलाउने योजना रहेको सुनाउँदै ह्यान्डिक्राफ्ट, हस्तकला, गार्मेन्ट जस्ता महत्वपूर्ण उद्योगलाई थप व्यवस्थित बनाउने योजना सुनाएका थिए ।
ब्राचार्यले जिल्लामा रहेको नेवारी समुदायको मौलिकतालाई ब्राण्डकारुपमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय अघि बढाउने समेत बताए । यही असोज १९ गते हुने संघको साधारणसभामार्फत २२ सदस्यीय कार्यसमिति चयन हुनेछ ।
संघको अध्यक्ष पदमा हाल तीन जनाले आकांक्षा देखाएका छन् । जसमध्ये बज्राचार्य प्यानको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन । यसबाहेक, संघको कार्यसमितिलाई चाहिने पदाधिकारीसहितको २२ जना नै उम्मेद्वार आफ्नो प्याजनलमा रहेको बज्रचार्यले बताए ।
‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएका र्छौं,’ बज्रचार्यले भने, ‘जितेपछि सबै उद्योगी व्यवसायीलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यवसायीक छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउँछु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्