×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी खर्च धान्नै मुस्किल परेपछि सरकारले पहिलो त्रैमासमै आन्तरिक ऋणमार्फत ८० अर्ब उठाउँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सरकारी खर्च धान्नै मुस्किल परेपछि सरकारले पहिलो त्रैमासमै आन्तरिक ऋणमार्फत ८० अर्ब उठाउँदै !

Artha Sarokar

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ८० अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको छ । यसअघि पहिलो त्रैमासमा ५५ अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको सरकारले त्यसमा परिमार्जन गर्दै ८० अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको हो । 

यसो त सरकारले लिएको ८० अर्ब आन्तरिक ऋणको लक्ष्यमध्ये हालसम्म नेपाल राष्ट्र बैंकले ६४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि राजस्वमा दबाब परेपछि आन्तरिक ऋणको लक्ष्य परिमार्जन गर्नुपरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार सरकार लक्ष्यअनुसारको आन्तरिक ऋण उठाउन लागि परेको छ । पहिलो त्रैमासमा कुनै पनि हालतमा ८० अर्ब आन्तरिक ऋण उठ्ने मन्त्रालय स्रोतको दाबी छ । 

हुन त सरकारले यसभन्दा अघिल्ला वर्षको पहिलो त्रैमासमा पनि आन्तरिक ऋण उठाउँदै आएको थियो । तर, यसवर्ष सरकारले लिएको आन्तरिक ऋणको लक्ष्य भने आक्रामक रहेको स्वयम् अर्थमन्त्रालयका अधिकारीहरू बताउँछन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा खर्चका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ स्रोत जुटाउनुपर्ने उल्लेख छ । जसमध्ये २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । 

राजस्व संकलनमै दबाब परेपछि सरकारले खर्च व्यवस्थापन गर्नका लागि भए पनि पहिलो त्रैमासमा ठूलो ऋण उठाउन लागेको हो । सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उठाउने भनिएको आन्तरिक ऋण पनि पहिलो त्रैमासमा सारेको छ । 

बजेटमार्फत सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनेको थियो । तर, खर्च धान्नै मुस्किल पर्ने अवस्था देखिएपछि सरकारले दोस्रो त्रैमासमा उठाउने भनिएको आन्तरिक ऋणमार्फत २५ अर्ब ऋण पहिलो त्रैमासमै उठाउन लागेको हो । योसँगै अब सरकारले दोस्रो त्रैमासमा ३० अर्ब मात्रै आन्तरिक ऋण उठाउनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी