Skip to content
LAXMI SUNRISE BANK

मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौं । मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला डोटी शिखर नगरपालिका वडा  नं.०२ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ३०  सेतोपुल बस्ने ३२ वर्षीय धन बहादुर बोगटी पक्राउ परेका हुन् ।

उनले कृष्ण बहादुर बोगटीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिने र मलेसिया पुगेपछी प्यकेजिङमा काम लगाईदिन्छु, मासिक ६० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेर रकम ठगी गरेका थिए । उनले पिडितबाट पटक पटक गरी ३ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सेतोपुलबाट पक्राउ गरेको हो । पक्राउ परेका बोगटीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले  जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK