×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्टा पठाईदिन्छु भन्दै १३ लाख १५ हजार रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माल्टा पठाईदिन्छु भन्दै १३ लाख १५ हजार रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

८ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा न. ०४ स्थाई घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १६ भैसिपाटी बस्ने ३५ वर्षीय रमेश बडु पक्राउ परेका हुन् ।
उनले कुम्भराज जोशी सहित ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु र माल्टा पुगेपछि होटेलमा काम लगाईदिन्छु, मासिक १ लाख ५० हजार तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । उनले पीडितहरुबाट पटक पटक गरी १३ लाख १५ हजार रकम लिई सम्पर्क विहीन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई असोज ६ गते किर्तिपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका बडुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी