×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिड सोलु हाईड्रोपावरको आइपिओ बाँडफाँड

PRIME CA

मिड सोलु हाईड्रोपावरको आइपिओ बाँडफाँड

१९ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मिड सोलु हाईड्रोपावरको आइपिओ बाँडफाँड भएको छ । हाइड्रोपावरले जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको ७ लाख ४८ हजार ४ सय  कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरेको थियो ।

भदौ १४ गते देखि  भदौ ३० गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो उक्त सेयरमा अति प्रभावित क्षेत्रका २ हजार ६ सय ७० जना आवेदकहरुबाट ६ लाख ३३ हजार ९० कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो ।

प्राप्त आवेदनहरु मध्ये ५२ जना आवेदकहरुले ११ हजार ३० कित्ता सेयर खरिदको लागि आवेदन रितपुर्वक नदेखिएको हुँदा रद्द गरिएको थियो भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट ५ हजार ९ सय २९ जना आवेदकहरुबाट जम्मा ६ लाख ६६ हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको बिक्री प्रवर्द्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ । प्राप्त आवेदनहरु मध्ये २ सय ५६ जना आवेदकहरुबाट ४९ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन रितपुर्वक नदेखिएको हुँदा रद्द गरिएको थियो ।

शेयर निष्काशनको अवधिमा आयोजना अति प्रभावित क्षेत्रको लागि छुट्याईएको सेयर रितपुर्वक प्राप्त आवेदनहरु मध्ये १० कित्ता देखि ५१० कित्ता सेयर माग गर्ने २ हजार ५ सय १० आवेदकलाई माग गरे बमोजिम ४ लाख ९७ हजार ६ सय २० कित्ता, ६०० कित्ता देखि ४,९५० कित्तासम्म माग गर्ने १०८ जना आवेदकलाई ६२ हजार ६४० कित्ता शेयर गरी कूल ५ लाख ६० हजार २६० कित्ता सेयर बाँडफाँड गरिएको जनाइएको छ

त्यस्तै, उक्त बाँडफाँड पश्चात बाँकी रहेको १ हजार ४० कित्ता सेयरको हकमा ६०० कित्ता देखि ४ हजार ९ सय ५० कित्ता माग गर्ने १०८ जना आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि अन्तर्गत न्यूनतम १० कित्ता शेयरका दरले १०४ जना सफल आवेदक छनौट गरी थप १० कित्ता शेयरका दरले १,०४० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

त्यसैगरी, आयोजना प्रभावित क्षेत्रको लागि छुट्याईएको सेयर रितपुर्वक प्राप्त आवेदनहरु मध्ये १० कित्ता देखि ३० कित्तासम्म शेयर माग गर्ने जम्मा ७३१ आवेदकलाई माग गरे बमोजिम १६,४७० कित्ता, ४० कित्ता देखि ४,००० कित्तासम्म माग गर्ने ४,९४२ जना आवेदकलाई ३० कित्ता शेयरका दरले १,४८,२६० कित्ता शेयर गरी कूल १,६४,७३० र उक्त शेयर बाँडफाँड पश्चात बाँकी रहेको २२,३७० कित्ता शेयरको हकमा ४० कित्ता देखि ४००० कित्तासम्म माग गर्ने ४,९४२ जना आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि अन्तर्गत न्यूनतम १० कित्ता शेयरका दरले २,२३७ जना सफल आवेदक छनौट गरी थप १० कित्ता शेयरका दरले २२,३७० कित्ता शेयर बाँडफाँड क्यापिटलले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: