×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चमा १६ बैंकले हालेको कर विवादको मुद्धा ‘हेर्न नभ्याइने’मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सर्वोच्चमा १६ बैंकले हालेको कर विवादको मुद्धा ‘हेर्न नभ्याइने’मा

Artha Sarokar

१० आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सर्वोच्च अदालतमा १६ वाणिज्य बैंकहरुले दायर गरेको कर विवादको मुद्धा आज ‘हेर्न नभ्याइने’मा परेको छ । बैंकहरुले एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै सर्वोच्चमा दायर गरेको रिट  ‘हेर्न नभ्याइने’मा परेको हो ।

पाँच न्यायधीश सम्मिलित संवैधानिक इजलाशको छैठौं नम्बरमा मुद्धाको पेशी परे पनि उक्त मुद्धा आज ‘हेर्न नभ्याइने’मा परेको हो ।

सरकारले चालु आर्थिक वर्षको आर्थिक विधेयकमार्फत गरेको एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था बदरको माग गर्दै कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंक बाहेक १६ बैंक अदालत पुगेका थिए । जसमध्ये सातवटा वाणिज्य बैंकले प्रिमियममा एफपीओ जारी गर्दाको आयमा कर लिने व्यवस्था बदरको माग गर्दै रिट दायर गरेका छन् ।

त्यस्तै, मर्जर तथा प्राप्ति प्रक्रियामा गएका १५ वटा वाणिज्य बैंकले संयुक्त रूपमा मर्जरको ‘बार्गेन पर्चेज गेन’मा लगाइएको करको व्यवस्था बदरको माग गर्दै रिट दायर गरेका छन् ।

१६ बैंकले सर्वोच्चमा दायर गरेको रिटमा सरकारले चालु आर्थिक वर्षको आर्थिक विधेयकको दफा २६ र २७ मा गरेको एफपीओ र मर्जरको आयमा गरेको कर व्यवस्था बदरको माग गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी