×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ फाउन्डेसनद्वारा दोस्रो वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ फाउन्डेसनद्वारा दोस्रो वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Artha Sarokar

३ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुक्तिनाथ फाउण्डेशनले दोस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस अघि संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ । बागमती सरसफाई कार्यक्रममा सहभागिता, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका लगायत देशका विभिन्न स्थानमा वृहत वृक्षारोण कार्यक्रम गरिसकेको जनाएको छ ।

दोस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ३८ पोका रगत संकलन गरेको छ । सो कार्यक्रमलाई त्रि.वि शिक्षण अस्पतालबाट प्राविधिक सहयोग प्राप्त भएको थियो । संस्थाका संचालक नारायण कुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज ढकालले रक्तदाता तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी